Posts

निर्मला हत्या प्रकरण : के हो डीएनए परीक्षण ? कसरी पत्ता लाग्छ दोषी ?

Image
काठमाडौ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न लाग्दा पनि दोषीको पहिचान अझै हुन सकेको छैन ।   घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै सरकार र नेपाल प्रहरीले छुट्टाछुट्टै छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ ।  घटनामा संलग्नको पहिचान गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बनाएको छानबिन समितिले दिएको प्रतिवेदनले अपराधी पत्ता लगाउन भन्दा पनि धेरैलाई आशंकाको घेरामा मात्रै राखेको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै रहेको र सेनामाथि पनि छानबिन हुनुपर्ने टोलीले औँल्याएको छ । यस्तै टोलीले मृतक बालिकाको मामालाई पनि छानबिनमा ल्याउन भनेको छ ।   यस्तै नेपाल प्रहरीले भदौ १४ मा एसएसपी उत्तम सुवेदी नेतृत्वमा गठन गरेको छानबिन समितिको जिम्मेवारी आइतबारदेखि डीआईजी धिरु बस्न्यातलाई सुम्पेको छ । दुई महिना हुन लाग्दा समेत घटनामा संलग्न अपराधी पत्ता लगाउन नसकेको भन्दै सर्वत्र विरोध भइरहेको छ । मृतकका बाबुआमा न्याय माग्दै काठमाडौं आएका छन् । विभिन्न स्थानमा पुगेर निर्मलालाई न्याय  दिन उनीहरुले हारगुहार गरिरहेका छन् ।

नेपालले ऐतिहासिक मौका गुमायो, सेमिफानइलमा माल्दिभ्ससँग पराजित

Image
२७ भदौ, ढाका । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो । त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो । पहिलो हाफमा नै १-० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरु बनाएको थियो । बलमा राम्रो मुम बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन । २८ औं मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरु बनाएको थियो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अञ्जन विष्ट मैदानमा छिरे । दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रामक खेल

तपाइको अाज: राशिफल (हेर्नुहोस)

वि.सं. २०७५ साल वैशाख ६ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल १९ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– चतुर्थी, २५:३१ बजेउप्रान्त पञ्चमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। (नेपाली पात्रो) बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। (नेपाली पात्रो)

त्रिविका क्याम्पस र कार्यालयमा भोलि बन्द !!! (हेर्नुहोस्)

Image
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टियु)ले सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा विहीबार विदा दिएको छ। टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने रजिष्ट्रारको कार्यालयस्थित सामान्य प्रशासन महाशाखाले बुधबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको हाे।

सिन्डिकेट माग्दै अान्दोलन घोषणाः ग्यारेजमा गाडी थन्क्याइने ! यस्ता छन् आन्दोलनका कार्यक्रम (सूचीसहित)

Image
५ वैशाख, काठमाडौं । सरकारले  सिन्डिकेट खारेज  गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । सरकारले केही जिल्लाका रुटमा रुट परमिट दिएदेखि नै यातायात व्यवसायीहरु रुस्ट थिए । यस्ता छन् आन्दोलनका कार्यक्रम त्यसविरुद्ध आन्दोलित उनीहरुले बुधबार (वैशाख ५ गते)देखि नै प्रचारात्मक कार्यक्रम सुरु गरेका छन् । पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका उनीहरुले ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् । आन्दोलन गरे यातायात समितिहरुको बैंक खाता रोक्का य

केपी ओलीको कार्यशैलीमा प्रचण्डले उठाए प्रश्न: हेर्नुहोस यो चटक!!!

Image
एउटा अध्यक्ष अर्को सेरेमोनियल हुने त होइन ? ४ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंका मेट्ने प्रयास भएको छ । बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार प्रचण्डले माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएपछि आफूहरुलाई थाहा नै नदिई राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा असन्तुष्टि जनाएका छन् । सचिव सरुवाबारे पनि माओवादी मन्त्रीहरुसँग परामर्श नै नगरेको भन्दै उनले असन्तुष्टि जनाए । अहिले राष्ट्रिय योजना आयोग गठन नै नगरी बजेट निर्माण थालेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् । प्रचण्डले भनेका छन्, ‘यो कार्यशैली हो भने त दुईवटा अध्यक्ष बनाएपनि एउटा कार्यकारी, अर्को सेरेमोनियल त हुँदैन ?’ उनले बैचारिक राजनीतिक विषय के गर्ने ? महाधिवेशन कसरी गर्ने भन्ने प्रश्न पनि उठाएका छन् । ७ फाग

कात्रोको आडमा कालोबजारी, भन्सारमा आउन थाले ‘बेबी ब्रा’ !

Image
४ बैशाख, काठमाडौं । सरकारले गरिबले प्रयोग गर्ने भन्दै सुती धागोमा भन्सार महशुल र कर छुट दिएको छ । सुती कपडा र धागो आयातकर्ताले १ प्रतिशत भन्सार शुल्क मात्रै तिरे पुग्छ । यसैकारण आयातकर्ता व्यवसायीले सबै किसिमका धागोलाई सुती भन्दै आयात गरिरहेको दावी धागो उद्योगीले गरेका छन् । अयातमा दिएको सुविधाको दुरुपयोगले सुती कपडामाथिको भन्सार नीति परिमार्जन गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो सयममा विश्वबजारमा सुतीको धागो अन्यभन्दा महंगो भएको छ । कुनै बेला निम्न वर्गीयको कपडा भनिने सुती अब उच्च वर्गले मात्रै किन्न सक्ने भएको छ । बरु सेन्थेटिकको कपडा सुतीभन्दा सस्तो छ । त्यसैकारण सरकारले दिइरहेको भन्सार महशुल छुटको व्यवस्था अब पनि कायमै राख्न नहुने माग उद्योगीको छ । अहिले सुती धागोका नाममा सेन्थेटिक धागोको आयात उच्च रुपमा बढेको नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्याणले बताए । ‘सेन्थेटिकको कपडा भन्दा सुतीको कपडा महंगो पर्छ । तर सरकारले सुतीलाई विशेष सुविधा दिँदा विकृति बढेको छ,’ उनले भने, ‘हामीले यसो भन्दा कात्रोमा पनि मूल्य बढाउन माग गरे भनिन्छ । तर, अहिले कात्रो पनि शुद्ध सुतीको आउँदै